काशीको सुरुङमा फसेकाको ४१ मजदुरको उद्धार आज, उपचार गर्न ४१ सैयाको अस्पताल निमार्ण

काशीको सुरुङमा फसेकाको ४१ मजदुरको उद्धार आज, उपचार गर्न ४१ सैयाको अस्पताल निमार्ण


काशी ।

उत्तर काशीमा निमार्णाधिन सुरुङमा फसेका ४१ मजदुरलाई उद्धार गरिए लगत्तै उपचार गर्नका लागि अस्पताल तयार पारिएको छ ।

गत नोभेम्बर १२ देखी फसेका मजदुरलाई १३ दिन पछि आज सुरुङबाट निकालिने भए पछि उनीहरुलाई उपचार गर्नका लागि अस्पतालमा निमार्ण गरिएको हो ।

सिल्क्यरा सुरुङमा फसेका मजदुर बाहिर आएपछि उनीहरुको उपचारका लागि बुधबार चिन्यालीसौरस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा ४१ शैयाको अस्पताल तयार गरिएको छ ।

उत्तराखण्डको उत्तरकाशी जिल्लामा निर्माणाधीन सुरुङमा अमेरिकी औगर मेसिनद्वारा ड्रिलिङ सुचारु भएपछि उद्धार कार्यले गति लिएको छ र अवरोध नआए बिहीबार बिहानसम्म केही राम्रो समाचार आउन सक्ने अधिकारीहरू आशावादी रहेका छन् ।

कामदारलाई बाहिर निस्कने बाटो बनाउन हिजो दिउँसो अजर मेसिन ४५ मिटर भित्र पसेको थियो भने अझै १०–१५ मिटर थप सुरुङभित्र छिर्न बाँकी छ ।

भग्नावशेषमा ८०० मिलिमिटर व्यासका पाइपहरू खन्याइँदै छन् र कामदारहरू निर्माण भएको बाटोबाट बाहिर निस्कन सक्ने जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सम्भवतः आज बिहानसम्ममा उनीहरुलाई उद्धार गरिनेछ । त्यसका लागि सुरुङका मुखमा एम्बुलेन्स र डाक्टरहरु तैनाथ गरिएको छ ।