आज घटबड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज घटबड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

हिजो १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ९५० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको भाउ घटेको छ । हिजो १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।