उपरथी पाण्डे र उर्जा सचिव घिमिरेको राजिनामा स्विकृत

उपरथी पाण्डे र उर्जा सचिव घिमिरेको राजिनामा स्विकृत


काठमाडौं।

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत भएको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो ।

सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले व्यक्तिगत कारण देखाएर बुझाएको पाण्डेको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

यस्तै विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने, प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने समेत निर्णय भएको छ ।