सरकारले स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत गर्ने

सरकारले स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत गर्ने


काठमाडौं ।

नेपाल सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन ९करिब ६५ करोड० अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिइन् ।

यसैगरी, बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति (रा.प) द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायब उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट थप गर्ने निर्णय गरेको छ ।