सिंहदरबार घेर्न हिँडेका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त

सिंहदरबार घेर्न हिँडेका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त


काठमाडौँ ।

काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

दुर्गा प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो ।

प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा प्रहार गरेको छ ।

यसअघि सोही स्थानमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।