२४ राउण्ड गोली र बन्दुक सहित ६ जना जुवाडे पक्राउ

२४ राउण्ड गोली र बन्दुक सहित ६ जना जुवाडे पक्राउ


पोखरा ।

जुवा खेलिरहेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा–२२ खाल्सेमबाट ६ जना जुवाडे पक्राउ गरेको छ ।

जुवाडे पछ्याउँदै गएको प्रहरीले २४ रोउण्ड गोली, एक नाले बन्दुक र १ थान म्याग्जिनसमेत बरामत भएको छ ।

प्रहरीलाई कौडा खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले विशेष टोली नै खटाएको थियो । पोखरा–२२ खाल्सेस्थित चिसाखोलामा भेषबहादुर गुरुङको घरमा जुवा (कौंडा) खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने घर खानतलासी गर्दा २४ राउण्ड गोली, एक नाले बन्दुक र १ थान म्याग्जिनसमेत फेला पारेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

अत्याधुनिक रुपमा सेन्सर जडान गरी सेन्सरलाइट एवं रिमोटबाट सञ्चालन हुने डिजिटल प्रणालीको प्रयोग गरी जुवातास खेल्दै गरेका मानिसहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भेषबहादुरसहित पोखरा–१० अमरसिंहचोक बस्ने बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोक बस्ने सुरेन्द्र शाह, पोखरा–१५ रामबजार बस्ने दिपेन्द्र सेन, पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना र। सोही वडाको बुढीबजार बस्ने सन्दीप भन्ने डोरबहादुर गुरुङ पक्राउ परेका हुन् । उनीहरुको साथबाट ८२ हजार ९ सय ९० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

जुवा खेलाउनको लागि जमिनमा खाडल खनेर लाइनको तारसमेत जडान गरेको गोलाकार सेन्सरमेसिन ९अर्थिङ बक्स० १ थानसमेत प्रहरीले फेला पारेको छ । रातो रंगको डिजिटल स्टेप्लाइजर १ थान र डिजिटल स्टेपलाइजरबाट जडान गरी जुवा खालमा हेर्न मिल्ने गरी रातो र निलो सेन्सर लाइट जडान गरेको रातो पहेलो रंगको तार १४ मिटर र रिमोट २ थान बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भेषबहादुरको घरमा खानतलासी गर्ने क्रममै एक नाले बन्दुक, गोलीसमेत फेला पारेको विकले जानकारी दिए । जुवातासमा पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर मुद्धा अगाडि बढाइएको छ भने भेषबहादुरलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।