नजरबन्दविरुद्ध सर्वोच्च पुगे दुर्गा प्रसाईं

नजरबन्दविरुद्ध सर्वोच्च पुगे दुर्गा प्रसाईं


काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि दुर्गा प्रसाईं अदालत पुगेका हुन् ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

प्रसाईंलाई स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन ।