६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ बढेकोे छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १६ हजार ३५० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ । शुक्रबार १४ सय ५०मा कारोबार भएको चाँदी आज १४ सय ८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।