डाबर नेपालद्वारा भूकम्प पीडितलागि २५ लाखको चेक हस्तान्तरण

डाबर नेपालद्वारा भूकम्प पीडितलागि २५ लाखको चेक हस्तान्तरण


काठमाडौं ।

डाबर नेपालले भूकम्प पीडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरे।

डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।