गाडी कब्जा गर्ने शेख मुनिर पक्राउ

गाडी कब्जा गर्ने शेख मुनिर पक्राउ


धनगढी ।

गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् ।

अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए ।

मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको हो ।

मुनिरविरुद्ध प्रहरीमा ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहारलगायतका मुद्दा पर्ने गरे पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रण बाहिरै थिए ।

आइतबार पक्राउ परेपछि पीडीतहरुबाट किटानी जाहेरी माग गर्ने तयारी प्रहरीले गरेको छ ।