११ अंकले घट्यो सेयर बजार, कारोबार रकम कति ?

११ अंकले घट्यो सेयर बजार, कारोबार रकम कति ?


काठमाडौं।

चालु साताको दोस्रो दिन सेयर बजार ओरालो लागेको छ ।

पहिलो दिन आइतबार ४७.७५ अंकले बढेको सेयर बजार सोमबार ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार २९० कम्पनीका ५२ हजार २०९ पटक भएको कारोबारमा ५९ लाख ९६ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७४ करोड ७७ लाख ६४ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ६१ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।