बेहुलाले बेहुलीसहित ४ जनालाई गोली हानेपछि…

बेहुलाले बेहुलीसहित ४ जनालाई गोली हानेपछि…


काठमाडौं ।

इल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन्।

थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।

विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ ।

गोली लागेका सबैको ज्यान गएको प्रहरीले जनाएको छ। गोली चलाउनुको कारण भने खुलेको छैन। चतुरोङले गएको वर्ष इन्डोनेसियामा भएको एसियन पारा गेम्स पौडीमा रजत पदक जितेका थिए।