सुनको भाउले राख्यो रेकर्ड, आज इतिहासकै महँगो

सुनको भाउले राख्यो रेकर्ड, आज इतिहासकै महँगो


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।

सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबा हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सँगै नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको छ । यसअघी हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो सो मूल्य हालसम्मकै उच्च थियो ।

आज तेजावी सुन १ लाख १७ हजार १५० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । हिजो १५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।