सहकारीबाट ऋण लिएर गायब भए छत्र

सहकारीबाट ऋण लिएर गायब भए छत्र


काठमाडौं ।

ललितपुरको जावलाखेल चोकमा केन्द्रीय कार्यालय रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको ऋण नतिरेर बचत कर्ताको रकममाथि छत्र बहादुर श्रेष्ठले आतंक नै मच्चाएको संस्थाका सञ्चालक आशिष तामाङले आजको अर्थसग गुनासो गरेका छन्।

काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको जावलाखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लि। बीच गत वर्ष मर्ज भई डिलाइट बहुउद्देश्यीय सहकारी संस्थामा गाभिएको थियो।

डिलाइट सहकारी संस्थाले श्रेष्ठलाइ ऋण दिएको लामो समयसम्म पनि ब्याजको त कुरै छैन सावा समेत नदिएर भाग्दै हिड्ने गरेको संञ्चालक तामाङले बताएका छन्।

कानुनको धज्जी उडाउदै श्रेष्ठले विभिन्न वहाना बनाउदै लुकी छिपी हिड्ने गरेको र अब कुनै पनि हालतमा पक्राउ गरि कानुनी कारबाहीको प्रकिया अगाडी बढाउने तामाङले बताए।

सोझा सिधा सर्वसाधारणहरुको एक एक रूपैयाँ जम्मा गरेर राखेको पैसा न्यूनतम ब्याजदरमा लिएपछि तिर्नु पर्नेमा अहिले लुकी छिपी हिडेर ऋृण नतिर्ने मनसाय बनाएको देखिएकोले अब कुनै पनि हालतमा उनलाइ नछोड्ने सञ्चालक तामाङले बताए।

श्रेष्ठले ऋण लगेको प्रमाण हेर्दा ऐन नियमको धज्जी उडाएको प्रष्ट हुन्छ। श्रेष्ठले सहकारीबाट ऋृण लगेर मनपरी गर्दा समेत उनले लगेको ऋृण तिरी हाल्छन् की भनेर अहिलेसम्म कारबाहीको प्रकिया अगाडी नबढाएको तामाङले बताए।

‘मैले सहकारीबाट लिएको ऋण तिर्न धेरै पटक आग्रह गरे ब्याज नभएपनि सावा मात्र तिर्न समेत धेरै पटक भनेको छु,अब अति भैसकेको छ,उनले भने, ‘हामीलाई अहिले सहकारीले लुटिरहेका छन् भन्ने आरोप खेपेर बस्नु परेको छ तर छत्र बहादुर श्रेष्ठ जस्ता नामुद ठग ऋणीहरूले गर्दा सहकारीहरूको यस्तो हालत बनाएको तामाङले बताए।

उनले भने श्रेष्ठको ससुरालीसम्म हाम्रा कर्मचारी साथिहरू जानु भएको छ। त्यति गर्दा पनि विभिन्न ठगी धन्दाका माहिर खेलाडी श्रेष्ठ लुकी छिपी हिड्ने गरेको र केही अनलाइन मिडिया प्रयोग गरेर बचत कर्ताहरूलाइ भ्रम सृजना समेत गर्ने गरेको संञ्चालक तामाङले बताएका छन्।

उनले भने अब यस्ता ठगहरूलाइ कानुनी कारबाही गरेर भएपनि बचतकर्ताहरूको बचत फिर्ता गर्ने बताए। मैले सुनेको छु उसका धेरै मुद्दाहरू अदालतमा छन्। अब एउटा अर्को सहकारीको पनि थप हुने निश्चित भएको छ।

अबको केही दिन भित्र ऋण लगेको पैसा फिर्ता गरेन भने अझै भण्डाफोर गर्दै कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताए। उसले गरेका कुकर्म धेरै छन्। अब एक एक गर्दै सार्वजनिक गरेर पर्दाफास गर्दै जाने सोच बनाएको छु, तामाङले भने।