हिजो रेकर्ड तोडेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

हिजो रेकर्ड तोडेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

बुधबार १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको थियो।

आज तेजावी सुन १ लाख १८ हजार ७५० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । हिजो १५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।