चुरे समाजद्वारा विकास टाईम्सकर्मीलाई सम्मान

चुरे समाजद्वारा विकास टाईम्सकर्मीलाई सम्मान


काठमाडौं ।

चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले विकास टाईम्सकर्मी बिशाल बस्नेतलाई सम्मान गरेको छ ।

महोत्तरी प्रतिनिधि बस्नेतलाई चुरे क्षेत्रमा कलम चलाएर योगदान पुर्‍याएवापत समाजले बुधबार एक कार्यक्रमका विच सम्मान गरेको हो ।

डेर दशकदेखि कलम चलाउदै आएका बस्नेतले पछिल्लो आधा दशकदेखी भने महोत्तरी कार्यक्षेत्र बनाएर चुरे संरक्षणमा पत्रकारिताका माध्यमवाट अभियान नै चलाएका छन ।

त्यस्तै चुरे क्षेत्रमा नै कलम चलाउने अन्य ३ जना पत्रकारहरुलाई पनि सम्मान गरेको समाजकी सदस्य अन्जु ठाकुरले जानकारी दिइन ।

सम्मानित हुनेहरुमा नागरिक डट कमका सम्पादक सुवोध गौतम, धनुषावाट सन्तोष सिंह र सिरहावाट मिथलेश यादव छन ।