रक्सी खाएर प्रहरी कुट्ने कांग्रेसका क्षेत्रीय सभापति पक्राउ

रक्सी खाएर प्रहरी कुट्ने कांग्रेसका क्षेत्रीय सभापति पक्राउ


पोखरा ।

मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन् ।

बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।

गएराति बागलुङ जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गरेको अभियोग प्रहरीले लगाएको छ । उनीसँगै ३५ वर्षीय निर्मल रानालाई पनि बागलुङ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।