सरकारले १०० दरका स्मारिका सिक्का छाप्न राष्ट्र बैंकलाई स्वीकृति दिने

सरकारले १०० दरका स्मारिका सिक्का छाप्न राष्ट्र बैंकलाई स्वीकृति दिने


काठमाडौं ।

सरकारले १०० दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ ।

मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त कुराको जानकारी गराएकी हुन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोगको रिक्त सदस्य पदमा साविक कञ्चनपुर जिल्ला निवासी पूर्ण बहादुर कुँवरलाई नियुक्त गर्ने, राष्ट्र
खाद्य तथा पोषण सुरक्षा आयोजना दोस्रोका लागि विश्व बैंकमार्फत प्राप्त हुने दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेन्क ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंसिर ७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय

मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय