राष्ट्रियसभा निर्वाचन : मङ्सिर २४ देखि दल दर्ता

राष्ट्रियसभा निर्वाचन : मङ्सिर २४ देखि दल दर्ता


काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मङ्सिर अन्तिम साता दल दर्ता गर्ने तालिका छ ।

शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मङ्सिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिए।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

प्रवक्ता पौडेलले आगामी पुस १ गते दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी दिए ।

यसैगरी, पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छ भने २० गतेदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ । मतदान माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म हुनेछ ।