टोपबहादुर र बालकृष्ण खाँण थुनामै, सबैभन्दा धेरै धरौटी तिरेर टोपबहादुरका छोरा रिहा 

टोपबहादुर र बालकृष्ण खाँण थुनामै, सबैभन्दा धेरै धरौटी तिरेर टोपबहादुरका छोरा रिहा 


काठमाडौं ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्वगृह मन्त्री बालकृष्ण खाँणको बिषयमा राय बाझिएको छ ।

उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडको सबालमा भने न्यायधिसहरूका बिचमा राय बाझिएको छ ।

जसका कारण तेस्रो न्यायधिसलाइ फैसाला गर्न आदेश दिइएको छ । अदालतको आदेश अनुसार अब खाँडले जेलबाहिर बसेर नै मुद्धा लडन पाउने बाटो अझै खुलेको छैन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलीपल्ट अदालतले फैसाला सुनाएको हो ।

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायधिस बिचमा राय बाझिदाँ तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा फैसाला आएको हो ।

यस्तै टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश दिएको छ । भने टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटी जमानतमा रिहा गर्न आदेश दिएको हो ।