थुनामा रहेका बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसले गर्यो सम्मान

थुनामा रहेका बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसले गर्यो सम्मान


लुम्बिनी ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणलाई सम्मान गरेको छ।

पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा खाणलाई कांग्रेसले सम्मान गरेको हो।

सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्।

सभापति शेरबहादुर देउवाको हातबाट बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्णले थापेका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण कांग्रेस केन्द्रीय सदस्य छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।

प्रदेश कार्यसमिति गठनका बेला आर्थिक सहयोग गर्नेहरूलाई सम्मेलनका अवसर पारेर सम्मान गरिएको बताइएको छ ।