आफै चढेको बसले किच्दा ७० वर्षीया वृद्धाको मृत्यु

आफै चढेको बसले किच्दा ७० वर्षीया वृद्धाको मृत्यु


मकवानपुर ।

ओर्लिने क्रममा लडेकी वृद्धाको आफै चढेको बसले किचिँदा ज्यान गएको छ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ कुवामा ७० वर्षीया कान्छी माया घलानको आफै चढेको बसले किच्दा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार काठमाडौंबाट चखेलतर्फ आउदै गरेको बा २ ख ७२७२ नम्बरको बसले किच्दा उनको ज्यान गएको हो।

इन्द्रसरोबरको कुवामा ओर्लिने क्रममा चालकले बस अगाडि बढाउँदा उनी लडेकी थिइन्। बसको पछाडिको टायरले किचिँदा घाइते भएकी थिइन्।

उपचारका लागि ललितपुरको बीएन्डबी अस्पताल लगिएकी वृद्धालाई चिकित्कसले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बस चालक २६ वर्षीया राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।