घरको ढोका फुटाएर दुई लाख नगद र ८ तोला सुन चोरी

घरको ढोका फुटाएर दुई लाख नगद र ८ तोला सुन चोरी


धनगढी ।

धनगढी उपमहानगरपालिका–४ तारानगरको एक घरबाट नगद सहित सुनका गरगहना चोरी भएको छ ।

पूजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय कर्ण बानियाको घरमा चोरी भएको हो ।

बानियाको घरबाट ८ तोला सुन, दुई लाख नगद, २ तोला चाँदीका गहना चोरी भएको हो ।

चोरले घरको मुख्य ढोका तोडी पूजा कोठाबाट नगद, दराज फोडेर नगद र गरगहना चोरेर लगेको घरधनी बानियाले बताए ।

चोरीको घटना थाहा भएपछि प्रहरी टोली गएर सामानको मुचुल्का बनाइ चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।