१८६ ग्राम सुनसहित विमानस्थलबाट २ जना पक्राउ

१८६ ग्राम सुनसहित विमानस्थलबाट २ जना पक्राउ


फाइल फाेटाे

काठमाडौं ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बालाजु ठेगाना भएका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी छन् ।

प्रहरीले उनीहरुको साथबाट करिब १८६ ग्राम सुनजस्तो देखिने धातु फेला पारेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुनको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्रामको सिक्री २ थानसहित फेला परेको प्रहरीले जनाएको छ ।