२ दिनमा ३२ सयले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

२ दिनमा ३२ सयले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ८ सयले घटेको हो ।

हिजो १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार गरेर सुनको भाउ ३२ सय रुपैयाँले घटेको हो ।

आज तेजावी सुन १ लाख १७ हजार ८५० कायम भएको छ ।

यस्तै आज चाँदी २० रुपैयाँले घटेको छ । हिजो १५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।