न्यूरोडबाट करिब ७ किलो सुन सहित पाण्डे पक्राउ

न्यूरोडबाट करिब ७ किलो सुन सहित पाण्डे पक्राउ


काठमाडौं ।

काठमाडौंको न्यूरोडबाट करिब ७ किलो अवैध सुन सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डे रहेका छन् ।

उनको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ ।

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ ।

उक्त सम्बन्धमा अनुसन्धान भइरहेको छ ।