बुद्ध एयरमा नव विवाहित दम्पत्तीलाई काठमाडौँ–पोखरा दुईतर्फी टिकट फ्री

बुद्ध एयरमा नव विवाहित दम्पत्तीलाई काठमाडौँ–पोखरा दुईतर्फी टिकट फ्री


काठमाडौं ।

बुद्ध एयरले नव विवाहित दम्पत्तीलाई काठमाडौँ–पोखराको दुईतर्फी टिकट उपहार योजना ल्याएको छ ।

बुद्धले आफ्ना जहाजमा यात्रा गर्ने नव दम्पत्ती मध्ये १० जोडीलाई काठमाडौँबाट पोखरा यात्रा गर्दा टिकट उपहार दिने योजना ल्याएको हो ।

बुद्ध एयरका अनुसार यो योजना नोभेम्बर १७, २०२३ देखि डिसेम्बर १६, २०२३ सम्म लागु हुने छ। यस योजनामा सहभागी हुन विवाहको दिन विवाह कै ड्रेसमा नव विवाहित जोडीले बुद्ध एयरको जहाजबाट यात्रा गरेको हुनु पर्ने छ।

यात्रा गर्दै गर्दाको फोटो वा बुद्ध एयरको जहाज देखिने गरि बाहिरको फोटो खिचेर #TogetherForever ह्यासट्याग प्रयोग गरेर सामाजिक संजालमा अपलोड गर्नु पर्ने छ । जुनसुकै स्थानबाट यत्रा गरेको भए पनि यस उपहार योजनामा सहभागी हुन सकिने बुद्ध एयरले जनाएको छ ।

नोभेम्बर १७, २०२३ देखि डिसेम्बर १६, २०२३ सम्म यात्रा गरेका नव विवाहित जोडी मध्ये १० जोडीले काठमाडौँ–पोखराको दुईतर्फी टिकट उपहार पाउने र सो टिकट इमेल आएको १४ दिन भित्र लिन आउनु पर्ने बुद्ध एयरले उल्लेख गरेको छ । उपहार जितेको टिकट २ महिना भित्रमा प्रयोग गरिसक्नु पर्ने छ ।