रोकायाले बाटोमै जन्माइन् ३ बच्चा

रोकायाले बाटोमै जन्माइन् ३ बच्चा


बाजुरा ।

बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।

जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माएकी हुन् ।

योभन्दा पहिला पनि उनले दुई सन्तानलाई बाटोमै जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लाग्नेबित्तिकै पानसरा घरबाट एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदैगर्दा उनले बाटोमा छोरी जन्माएकी हुन्।

वडा स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराका अनुसार उनले स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा बच्चा जन्माइरहेको फेला पारेपछि सहयोग गरेको बताइन् । पानसरालाई अत्यधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चँदाराको भनाइ छ ।

बाजुरामा पानसरा मात्र नभई धेरै आमाहरुले बाटोमा बच्चा जन्माउने गरेका छन् ।