काठमाडौं ।
मलेसियन टेलिकम्यूनिकेसन लगानीकर्ता आजियाटाले आफ्नो वेभसाइटबाट एनसेल हटाएको छ ।
बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने निर्णय गरेको आजियाटाले आफ्नो लगानी रहेको ब्राण्डको सूचीबाट एनसेललाई हटाएको हो ।
यसअघि आजियाटाले आफ्नो लगानीको ब्राण्डहरुको सूचीमा एनसेल समेटेको थियो । तर, अहिले भने एनसेलसम्बन्धी जानकारी नै हटाइदिएको छ । यसबाहेक, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, मलेसिया लगायतका देशमा लगानी गरिरहेको छ ।
ती देशमा लगानी रहेको कम्पनीको नाम भने आफ्नो वेभसाइटको ब्राण्ड पेजमा राखेको छ ।
तर, एनसेलको ब्राण्ड नेम भने हटाएको हो । आजियाटाले एक डलरमा खुलेको बेलायती कम्पनीलाई एनसेलको सेयर बेच्ने निर्णय गरेपछि चलखेलको आशंकामा विरोध भइरहेको छ ।
लेखा समितिले एनसेलको खरिद–बिक्री प्रकरण नै रोक्न सरकारलाई निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया