तुलसीपुर बजारमा चल्यो डोजर

तुलसीपुर बजारमा चल्यो डोजर


दाङ ।

तुलसीपुर बजारको फुटपाथ क्षेत्रको अतिक्रमण हटाउन सुरु गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले बजारक्षेत्रको फुटपाथमा निर्माण गरिएका संरचना डोजर चलाएर सफा गराउन सुरु गरेको छ ।

उपमहानगरपालिकाले कार्यालय क्षेत्रमै पर्ने गलाइनबाट फुटपाथमा निर्माण गरिएका संरचना डोजर चलाएर भत्काएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले फुटपाथ क्षेत्र पैदलयात्रुलाई हिड्डुल गर्न कठिनाइ भएपछि अतिक्रमण हटाउन सुरु गरिएको बताए ।

उनले बजारक्षेत्र सफा राख्न र पैदलयात्रुलाई हिँड्न सहज बनाउन फुटपाथ क्षेत्रमा टायल बिच्छ्याउन सुरु गरिएको बताए ।

तुलसीपुर उपमहानगरपालिका बस्ती विकास शाखाका प्रमुख हिमाल शर्माले नालामाथि फुटपाथमा बनाइएका सम्पूर्ण संरचना हटाउन थालिएको बताए।

उनले बजार क्षेत्रको सुन्दरता कायम राख्नका लागि ती संरचना हटाउन थालिएको बताए ।

पालिकाले संरचना हटाउनका लागि सूचना जारी गर्दै आए पनि फुटपाथमै संरचना बनाएर व्यापार गर्न थालेपछि पालिकाले डोजर चलाएर हटाउन सुरु गरेको हो ।