११ अंकले बढ्यो नेप्से, कारोबार रकममा उछाल

११ अंकले बढ्यो नेप्से, कारोबार रकममा उछाल


काठमाडौं ।

सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ ।

बिहीबार ११.७३ अंकले वृद्धि भएको सेयर बजार १८५२.७७ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १७५ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ५७ कम्पनीको ओरालो लागेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।