काठमाडौंमा १३ लाख चोरी,३ जना पक्राउ

काठमाडौंमा १३ लाख चोरी,३ जना पक्राउ


काठमाडौं ।

सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ पक्राउ छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका-६ सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् ।

काठमाडौं महानगरपालिका-९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरबाट गत कात्तिक ५ गते राति उक्त गरगहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।