हाेटलमा लगेर महिलालाई पटकपटक बलात्कार, युवक पक्राउ

हाेटलमा लगेर महिलालाई पटकपटक बलात्कार, युवक पक्राउ


झापा ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ का एक युवक पक्राउ परेका छन् ।

पकराउ पर्नेमा २२ वर्षीय जसवन्तकुमार गणेश छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुनलाइट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।