संसदीय समितिले एनसेल प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने

संसदीय समितिले एनसेल प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने


;Daf]wg ub}{ k|wfgdGqL …k|r08Ú b’aO{, !% dªl;/ M g]kfn pBf]u jfl0fHo dxf;ª3 / b’aO{ r]Da/n] ;+o’Qm ?kdf cfof]hgf u/]sf] sfo{qmdnfO{ z’qmaf/ ;Daf]wg ub}{ k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ ।

संसदीय समितिले एनसेलको सेयर खरिद बिक्रीको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी लिने भएको छ ।

शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकले आउँदो सोमबार  प्रधानमन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी लिने निर्णय गरेको हो ।

सोमबार नै प्रधानमन्त्री प्रचण्डसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको विषयमा पनि छलफल गर्ने निर्णय गरेको बैठकले प्रधानसेनापति प्रभुराम शर्मालाई आगामी बुधबार काठमाडौं–तराई-मधेस द्रुत मार्गको कार्य प्रगतिको विषयमा जानकारी लिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।