सन्दीप लामिछानेविरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित


काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ ।

चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।

आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।

लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको हो ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो ।