छोराले गरे ८४ वर्षीया आमालाई घर निकाला, आमा भने घरवाहिर बसेर श्रीमानको काजकिरिया गर्दै

छोराले गरे ८४ वर्षीया आमालाई घर निकाला, आमा भने घरवाहिर बसेर श्रीमानको काजकिरिया गर्दै


गुल्मी ।

मदाने गाउँपालिका– ६, पुर्कोटदह साउने पानीमा छोराहरूले आमालाई घर निकाला गरेका छन् ।

यसै बिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिरनै काज किरिया गरेकी छिन् ।

८४ वर्षीया पवि खत्री क्षेत्रीलाई छोराहरूले मगर समुदायको भन्दै घर निकाला गरेपछि उनले सोही गाउँको एक बहुउद्देश्यीय कृषि सहकारी संस्थाको भवन बसेर श्रीमानको काजकिरिया गरेकि थिइन् ।

विसं.२०२८ सालमा तुलबहादुर खत्रीसँग विवाह गरी घरजम गरेकी उनले मङ्सिर १० गते श्रीमानको मृत्यु भएपछि काज किरिया गर्न नदिई मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको वडा अध्यक्ष मनीराम थापाले बताए । तुलबहादुरले पवि खत्री क्षेत्रीसहित तीन वटी श्रीमती विवाह गरेका थिए । तर पवि मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको थियो ।

श्रीमानको मृत्यु पश्चात् उनीलाई घरभित्रै आफ्नो श्रीमानको काज किरिया गर्न नदिएपछि आमाले घरमै काज किरिया गर्न पाउनुपर्छ भन्ने मागसहित छोरी नन्दाकुमारीसहितले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएकी थिइन् । न्यायिक समितिले पविको पक्षमा निर्णय गर्दै हिन्दु परम्परा अनुसार काज किरिया गर्न पाउनु पर्ने निर्णय गरेको थियो । तर छोराहरूले भने सो निर्णयलाई स्वीकार नगरी अमानवीय व्यवहार गरेको भन्दै तत्काल कारबाही गर्न माग स्थानीयले गरेका छन् ।

पविको तुलबहादुरसँग विवाह पछि एक छोरी नन्दाकुमारी समेत रहेका छन् । तर छोरा लोकबहादुर खत्रीले आमा पवि खत्री क्षेत्रीलाई घर निकाला गरेको र काज किरिया गर्न समेत दिएनन् । स्थानीय महिला समूहको सहयोगमा  सहकारीको भवनमा बसेर श्रीमानको काज किरिया गरेकी छन् ।

वडा अध्यक्ष मनीराम थापा सहित महिला नेतृ विष्णु कुँवरले छोरा लोकबहादुरले आमा र बहिनी माथि अमानवीय व्यवहार गरी अन्याय गरेको बताए । मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले भने नागरिकता समेत श्रीमानबाटै बनाएका कारण कानुनी रूपमा आधार भएको र छोराले गरेको व्यवहार गलत भएकाले बताए । आमा छोरीलाई अन्याय भएको बताउदै उनले कानुनी कारबाहीका लागि सहयोग गर्ने बताए ।गोरखा पत्र