आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ ५ सयले घटेको हो ।

आइतबार १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १६ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।

आइतबार १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।