गौतमको राजीनामा लगत्तै संघीय संसदकाे महासचिवमा पाण्डे सिफारिस

गौतमको राजीनामा लगत्तै संघीय संसदकाे महासचिवमा पाण्डे सिफारिस


काठमाडौं ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् ।

उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बतायो ।

गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका छन् ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।