दोलालघाटमा माछा तार्दै एमाले अध्यक्ष केपी ओली

दोलालघाटमा माछा तार्दै एमाले अध्यक्ष केपी ओली


दोलालघाट ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान काभ्रेको दोलालघाट पुगेका छन्।

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा दोलालघाट पुगेका ओलीले त्यहाँ स्थानीयसँग अन्तरक्रिया समेत गरे ।

यसै क्रममा ओलीले त्यहा माछा तार्न सम्म भ्याए ।

माछा तारेको तस्बिर सामाजिक सञ्जालमा राख्दै ओलीले लेखेका छन्, ‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ। यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो। माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन्। यात्राको क्रममा हामी दोलालघाट ओर्लियौँ, मैले माछा तारेर साथीहरूलाई खुवाएँ।’