‘चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री तयार’

‘चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री तयार’


चितवन ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएको जानकारी दिएका छन् ।

सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री तयार भएको र यसलाई प्रक्रियामा लगिसकेको बताए ।

देशमा चिकित्सा शिक्षा ऐनका कारण आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएको भन्दै उनले यसको समाधानका लागि ऐन संशोधन गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए ।

कानुन बनाएर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने उनको भनाइ छ ।