रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाई

रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाई


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारसंग रहेको जानकारी दिएका छन् ।

प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी सरकारसंग रहेको बताएका हुन् ।

‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो ।’ उनले भने ‘अब २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ’ उनले भने ।