माछापुच्छ्रे बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

माछापुच्छ्रे बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?


काठमाडाैं । 

राष्ट्रबैंकको मौद्रिक नीतिको समीक्षा आएसँगै एकपछि अर्को बैंकले आफ्नो ब्याजदर घटाउन लागेका छन् ।

त्यसमध्येमा माछापुच्छ्रे बैंकले पनि कायम रहेको ब्याजदर घटाएको छ । बैंकले मङ्सिर २६ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६० प्रतिशतसम्म र व्यक्तिगततर्फ ९.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दती खातामा भने १०.६० प्रतिशत ब्याजदर तोकेको छ ।

मङ्सिर महिनामा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६०३ प्रतिशत र व्यक्तिगततर्फ १०.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो। साथै, रेमिट्यान्स मुद्दती खातामा ११.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

machhapychre-bank-