पहिचानवादीले जलाइदिए एमालेको गेट, ८ जना पक्राउ

पहिचानवादीले जलाइदिए एमालेको गेट, ८ जना पक्राउ


ओखलढुंगा । 

ओखलढुंगामा नेकपा एमालेलेको संकल्प यात्राका क्रममा स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ ।

संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेले आग्रह गरेको भए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएका हुन् ।

त्यसैगरी एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन् । खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको जानकारी दिए ।

उता, उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको बताएका छन् । जिल्लामा सुरक्षा अवस्था मजबुत रहेको उनले जानकारी दिए ।