३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक


काठमाडाैं । 

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागिएको बैंकले जनाएकाे हो।

बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ।

सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको छ।

सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस ७ बर्से ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशत ब्याजदर पाउने नबिलले जनाएको छ। यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो। बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ।