भोजपुर ।
आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावाकी ४६ वर्षीया पवित्रादेवी राईको मृत्यु भएको छ।
घरायसी विवादमा २० वर्षीय छोरा सन्देशले मंसिर ९ गते कुटपिट गरेपछि घाइते भएकी पवित्रा निकाे नभएपछि उपचारका लागि जिल्ला अस्पताल भोजपुर लाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो।
छोरा सन्देशलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया