पहिरोले च्यापिएर मृत्यु भएका डोजर चालकको परिवारलाई पालिकाले दियो १ लाख नगद

पहिरोले च्यापिएर मृत्यु भएका डोजर चालकको परिवारलाई पालिकाले दियो १ लाख नगद


काठमाडौं ।

मोटरबाटो निर्माणका क्रममा पहिरोले च्यापिएर मृत्यु भएका डोजर चालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

रामपुर नगरपालिकाले रामपुर–१० का धनवीर खड्काको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।

गत असोज २२ गते बाटो निर्माणका क्रममा माथिबाट आएको पहिरोले पुरिएर खड्काको ज्यान गएको थियो ।

नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मृतकका श्रीमती पवित्रा खड्कालाई एक लाखको चेक हस्तान्तरण गरे ।

परिवारको राहतका लागि रकम सहयोग गरेको नगर प्रमुख थापाले बताए ।