नैना दोहोरी साँझमा आगलागी, ६० लाख बराबरको क्षति

नैना दोहोरी साँझमा आगलागी, ६० लाख बराबरको क्षति


पोखरा ।

पोखरा महानगरपालिका-८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ ।

कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ५ ।

आगलागी बिहान करिब सवा ७ बजे नियन्त्रणमा आएको हाे   ।

प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको कमाण्डमा खटिएको टोलीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीमा नगद पैसा ५० हजारसहित करिब ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।