लगातार चौंथो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगातार चौंथो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य लगातार चौंथो दिन पनि गिराबट भएको छ । ४ दिनमा सुनको भाउ २८ सयले घटेको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १० रुपैयाँले घटेको छ । हिजो १४ सय १० रुपैयाँ कारोबार भएको चाँदी आज १४ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।