काठमाडाैं ।
आज मंसिर २७ गतेदेखि हिमालयन रि इन्स्योरेन्सको आइपिओ खुलेको छ।
कम्पनीको आइपिओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म बिक्री नभएपुस ११ गतेसम्म बिक्री खुला रहनेछ।
कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो।
अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो। यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ।
यसको लागि कम्तिमा २ हजार ६० रूपैयाँ बैंक खातामा मौज्दात हुनुपर्नेछ। नत्र आवेदन रद्द हुन्छ। यो सेयरमा बढिमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।
वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूलाई कम्पनीले सेयर छुट्याइसकेको छ।
वैदेशिक रोजगारीमा गएकाहरूका लागि ३० लाख कित्ता सेयर बाडिसकेको छ। कम्पनीका कर्मचारीको लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ।
आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणालीमा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको सेयरलाई ए माइनस रेटिङ दिएको छ।
यसले कम्पनीको वित्तीय दायित्व सफलसँग भुक्तानी गर्न सक्ने देखाउँछ। यसको सेयर बिक्री प्रबन्धक एनएमबी बैंक छ।
सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुग्नेछ। कम्पनीले प्रिमियमबाटै ३ अर्ब १८ करोड पाउनेछ। यो रकम बोनस सेयर दिन प्रयोग गर्न सक्ने व्यवस्था छ।
कम्पनीमा अम्बर प्रोभेष्टमेन्टको ९. ६९ प्रतिशत, नेपाल बैंकको ७.१४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.१४ प्रतिशत र इन्फिनिटि होल्डिङ्सको ६.४३ प्रतिशत सेयर छ।
कम्पनीले गत असारसम्म ३ अर्ब ४३ करोड खुद प्रिमियम आम्दानी गरेको छ। कम्पनीले ४ अर्ब ३१ करोड जम्मा आम्दानी गरेको छ। कम्पनीले ४४ करोड नाफा गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ६ रूपैयाँ ३२ पैसा छ। प्रतिसेयर नेटवर्थ एक सय १० रूपैयाँ ९२ पैसा छ। कम्पनीले पहिलो कारोबारको लागि ३ सय ३२ रूपैयाँसम्म मूल्य रेञ्ज पाउन सक्छ। कम्पनीले अर्को वर्ष नै एक अर्ब २ करोड नाफा कमाउन सक्ने प्रक्षेपण गरेको छ।
कम्पनीको सोल्भेन्सी मार्जिन १ दशमलव ४ गुणा देखिदै आएको छ। सोल्भेन्सी मार्जिन भनेको कम्पनीमा पर्नसक्ने दाबीभन्दा अतिरिक्त हुनुपर्ने पुँजी हो। कम्पनीमा भित्रने प्रिमियममा निरन्तरता पाउने दर ९० प्रतिशतसम्म छ।
प्रतिक्रिया