संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डे

संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डे


 काठमाडाै‌ं । 

सभामुख देवराज घिमिरेले पदम प्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् ।

सभामुख घिमिरेले आज पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेका हुन् । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् ।